राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा घट्यो

राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा घट्यो

  • शनिबार, साउन ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा नाफा घटेको छ । आर्थिक वर्ष २०७७र७८ को चौथो त्रैमाससम्म बैंकले ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ। गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैयाँ थियो।
कोभिड(१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेपतर्फ आकर्षक ब्याज प्रदान गरिएका कारण ब्याज आम्दानीमा कमी आएकाले खुद मुनाफा घट्न गएको बैंकले जनाएको छ।

आव २०७७र७८ को बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड छ । यो गत वर्ष भन्दा कमी हो । , कुल संचालन आम्दानी ९ अर्ब ७६ करोड , सञ्चालन नाफा ५ अर्ब ९ करोड ,कूल समग्र आम्दानी ६ अर्ब ३७ करोड रहेको बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड छ। यस अवधिमा बैंकको खुद नाफामा कमी आएको भए तापनि लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकाले वितरण योग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ ।

गत असार मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको छ।
असार मसान्तसम्ममा पुँजी कोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुँजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, ब्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिसेयर आम्दानी रु। ४१.३२ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ