काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आर्थिक वर्ष २०७७र७८ को चौथो त्रैमाससम्ममा नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकका अन्य सुचकहरु पनि सकारात्मक देखिएका छन् ।
खुद मुनाफा २८.८९ प्रतिशतले बृद्धि भएको बैंकको त्रैमासिक रिपोर्टमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २६ करोडमा सीमित खूद नाफा बढेर समीक्षा अवधिसम्म १ अर्ब ६३ करोड पुगेको हो ।
यस्तै, १ अर्ब ९२ करोडमा सीमित संचालन मुनाफा समेत बढेर यो वर्ष २ अर्ब ४७ करोड पुगेको छ ।
समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १३ करोड रहेको छ ।
समीक्षा अवधिसम्म बैंकले १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब बढी कर्जा परिचालन गरेको छ । यो पनि अघिल्लो बर्षको तुलनामा बढी हो ।
अघिल्लो वर्ष १३.९७ रुपैयाँमा सीमित प्रतिसेयर आम्दानी(इपीएस) १८.०१ रुपैयाँ कायम भएको छ । यसरी प्रतिसेयर आम्दानीतर्फ पनि २८.९१ प्रतिशतको बृद्धि देखिएको छ ।