काठमाडौं, २९ साउन । टोखाकी देवी गौडेलले ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ उपहार योजना अन्तरगत एक लाख रुपैया जितेकि छन् ।
फोनपे पेमेन्ट सर्भिसले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ल्याएको उक्त उपहार योजनाअन्तरगतग गौडेल तेह्रौ विजेता बनेकी हुन् । काठमाडौंको टोखा १० मनोहरामा ‘काली गण्डकी फेन्सी स्टोर’ सन्चालन गर्दै आएकी गौडेलले करिब १ महिना अघि फोनपेको क्युआर कोड लिएकी थिईन् ।
आज उपहार प्राप्त गरेपछि उनले खुशी व्यक्त गर्दै आफुलाई आम्मामामा क्यूआरमा उपहार योजनाबारे जानकारी भएपनि आफुले पाउछु भन्ने आशा भने नगरेको बताईन् । गौडेलले मिर्मिरे अनलाईनसँग भनिन्, ‘मैले पनि उपहार जित्छु भन्ने विश्वास नै लागेको थिएन तर अचानक फोनमा तपाईले ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ अन्तरगत एक लाख रुपैया जित्नुभयो भन्दा खुशीको सिमा नै रहेन ।’

अब आफूले पाएको एक लाख पनि पसलमा नै लगानी गर्ने पनि योजना उनले सुनाईन् । आज गौडेललाई उनकै पसलमा पुगेर फोन पेका ब्रान्ड मेनेजर प्रफुल्ल रिजालसहितको टिम पुगेर बधाईसहित एक लाख रुपैया हस्तान्तरण गरेको थियो ।

देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले साउन १३ गतेबाट सुरु भएको यो योजना तीन महिना सम्म सन्चालन हुनेछ । यसमा फोनपेको नेटवर्कमा आवद्ध भैसकेका र आवद्ध हुन चाहने साना – ठूला सबै व्यावसायलाई समेटिएको छ ।
यस योजनामा हरेक दिन क्यूआर आर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँजित्न सक्नेछन् । यस योजनामा फोनपे मार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ ।
यस योजनामा सहभागि हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोनपे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ ।

फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरि आफ्नो व्यवसायको प्याननम्बर मार्फत आफै रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिनेछ ।
यस योजनामा हरेक दिन विहान १२ बजे देखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुने छन् । यो योजनाका विजेता लक्की ड्र मार्फत छनोट गरिनेछ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजिनेसको फेशबुक लाइभ मार्फत गरिने छ ।
यो योजनामा फोनपे मार्फत धेरै भन्दा धेरै कारोबार गर्ने व्यवसायीहरुले जित्ने सम्भावना बढी रहन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।
फोनपे नेटवर्कमा ६० वटा बैक तथावित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।

एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्समार्फत यसले सेवाप्रदान गर्दै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो ।