पर्सा २९ साउन । पर्सा प्रहरीले पेस्तोल बेचविखन गर्दै गर्दा बिरगंजबाट तीन जना युवक पक्राउ परेको छ । बिरगंज महानगरपालिका वाड नम्बर १५ ब्रह्मचोकस्थित एक होटलमा सानो हतियार बेचविखन गर्ने उदेश्यले बसिरहेको अवस्थामा तीनै जनालाइ पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
पक्राउ परेका बिरगंज महानगरपलिका–१२ बस्ने ३५ वर्षका अनिल साह, धरान उप महानगरपालिका–१५ बस्ने ३२ वर्षका रवि पौडेल र पर्साको पकहा मैनपुर गाउँपालिका–७ बस्ने ४० वर्षका विजय कुमार पटेल पेस्तोलसहित पक्राउ परेका हुन्।
सोहि मध्ये अनिल साहको साथबाट एक थान पेस्तोल बरामद गरिएको उनले बताए। हात हतियार किनबेच गर्ने उद्देश्यले उनीहरु होटलमा बसेका रहेछन्’ उनले भने ‘पेस्तोल सहित तीनै जनालाई पक्राउ गर्न सफल भएका छौं, थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका तीनै जनालाई हात हतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए।