बीरगञ्ज महानगरपालिकाको राजस्व सम्बन्धि फाईल अख्तियारको नियन्त्रणमा

बीरगञ्ज महानगरपालिकाको राजस्व सम्बन्धि फाईल अख्तियारको नियन्त्रणमा

  • बिहिबार, साउन २८, २०७८
  • दिपक चौरासीया

  • 6.6K
    SHARES

बिरगंज २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले बिरगंज महानगरपालिकाको राजश्व सम्बन्धी फाइल नियन्त्रणमा लिएको छ।

बिरगंज महानगरपालिकाविरुद्ध परेको उजुरीको लागि अख्तियारले राजश्व सम्बन्धी फाइल माग गरेको थियो । तर महानगरले आल टाल गर्दै फाइल नदिएपछि अख्तियारको टोली आफै गएर फाइल नियन्त्रणमा लिएको र सोहि क्रममा वडा नम्बर १४ को फाइलसमेत लगिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका उपसचिव एवं सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए।

पर्सामा निषेधाज्ञा जारी रहेकै बखत अख्तियारले ५० हजार भन्दा बढी मुल्यांकन गरिएका घर जग्गाको विवरण माग गरेको थियो । वीरगञ्जमा कोरोना संक्रमण कम भई स्थिति सामान्य भइसकेपछि पनि कागजात नपठाएपछि टोली नै पठाएको अख्तियारले जनाएको छ ।

माग गरेको आवश्यक कागजात सम्बन्धित कार्यालयले नबुझाउने समस्या बढेपछि अन्य जिल्लाहरुमा पनि अख्तियारले टोली पठाएर कागजपत्र झिकाइरहेको उनको भनाइ छ ।

बिरगंज महानगरपालिका राजश्व शाखा प्रमुख अरुण बस्नेतले भने कामको चापले गर्दा कागजात पठाउन ढिलाइ भएको बताए ।

पर्सामा निषेधाज्ञाको समयमा अख्तियारको पत्र आएको थियो, आर्थिक वर्षको अन्त्यमा राजश्व फाँटमा कामको धेरै चाप हुन्छ । मागेको कागजात पठाउन सकिएन’ उनले भने, ‘त्यसैले अख्तियारको टोली आएर कागजात लिएर गएको छ ।

‘हामीले उजुरीको आधारमा पटक–पटक सम्बन्धित फाइल माग गर्दै पत्र पठाएका थियौँ,’ उनले भने, ‘नदिएपछि आज आफै गएर टोलीले फाइल नियन्त्रणमा लिएर आएको हो।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ