उर्जा मन्त्रालय र मातहतका कार्यलयले यस बर्षबाट बिद्युतीय सवारी मात्रै प्रयोग गर्ने

उर्जा मन्त्रालय र मातहतका कार्यलयले यस बर्षबाट बिद्युतीय सवारी मात्रै प्रयोग गर्ने

  • बुधबार, साउन २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

साउन २७ काठमाडौं । उर्जा मन्त्री पम्फा भुषालले यसै वर्षबाट उर्जा मन्त्रालय र यस मातहतका कार्यलयले विद्युतीय सवारी मात्र प्रयोग गर्ने घोषणा गरेकी छन् । उर्जामन्त्री भएपछि पहिलो पत्रकार सम्मेलनमा मन्त्री भुषालले यो ऐतिहासिक घोषणा गरेकी हुन् ।
मन्त्री भुसालले विद्युतको उपभोग बढाउनका लागि सबै उपाय अपनाइने बताउँदै आयोजनाहरुमा बाहेक सबैतिर विद्युतीय गाडी खरीद गर्ने बताइन्। सरकारले २०३० सम्म पेट्रोल–डिजल गाडी बिस्थापित गर्ने लक्ष्य लिएको छ।
विद्युतीय सवारीलाई प्रोत्साहन गर्न विद्युतमा सहुलियत दिँदै यसै वर्ष ५० वटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना रहेको पनि मन्त्री भुषालले बताईन् । उनले भाडामा बस्नेहरुका लागि पनि मिटर दिने योजना रहेको बताइन्।

उनले विद्युत महशुल तिर्न नसकेर बन्द भएका ट्युवेलको जरिवाना छुट दिने निर्णय भइसकेको सुनाउँदै यसबाट चार लाख किसानले लाभ पाउने बताइन्।

मन्त्री भुसालले विद्युत परियोजना, प्रसारण लाइन, वितरणप्रणाली सुधार र भूमिगत गर्नेदेखि उत्पादित विद्युत खपतलाई बढाउने गरी कार्यक्रमहरु सार्वजनिक गरेकी छिन्। मन्त्रालयले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरु विद्युत प्राधिकरणमार्फत् अघिबढाउने जनाएको छ। प्राधिकरणमार्फत् सरकारले तमोर ७५६ मेवा, दुधकोशी ६३५ मेवा, सुनकोशी–३ ५३६ मेवा, बुढीगण्डकी १२०० मेवा अघि बढाउने जनाएको छ।

नाल्सिङगाढ ४१० मेवा, नौमुरे २४५ मेवा, माडी दार डाइभर्सन, पश्चिम सेती ७५० मेवालगायतका आयोजनाहरु पनि अघि बढाउने भएको छ।
विद्युत उत्पादन कम्पनीद्वारा प्रवर्तित जगदुल्ला, फुकोट कर्णाली लगायतका आयोजनाहरुको निर्माण कार्य सुरु गर्ने योजना मन्त्रालयले अघि सारेको छ। मन्त्रालयले प्रदेश २ मा भने सोलार आयोजना निर्माण गर्ने जनाएको छ।

मन्त्रालयले दुई वर्ष भित्रमा सबै जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने महत्वकांक्षा अघि सारेको छ।
यस्तै, ऊर्जा मन्त्रालयले स्मार्ट मिटर जडान कार्यलाई देशभर विस्तार गर्दैसबस्टेशन अटोमेसनकार्यलाई अघि बढाउने जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ