हेटौडा २७ साउन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले क्यान्सर पीडित बीमितको परिवारलाई बीमा दाबी वापतको दाबी रकम २५ लाख हस्तान्तरण गरेको छ । कम्पनीको प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयबाट घातक बीमा योजना खरिद गरेका बीमित हिमाल पौडेललाई घातक रोगको बीमा दाबी रकम हस्तान्तरण गरेको हो । उनले २०७६ माघ २९ गते कम्पनीबाट उक्त योजना लिएका थिए ।
उनको बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएको थियो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएसंगै सो दाबी भुक्तानी गरेको हो ।
वर्तमान परिप्रेक्ष्यमा प्रतिस्पर्धि कम्पनीहरु भन्दा आफुलाई अब्बल र सवेप्रवाहदाही बनाउनु कम्पनीको मुख्य उद्देश्य रहेकोले कम्पनीले उक्त कार्य गर्नका लागि दाबी भुक्तानी प्रक्रियामा थप सहजता कायम गरी छिटो तथा प्रभावकारी ढंगबाट दाबी भुक्तानी फछ्र्यौट गर्ने लक्ष्य लिएको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए ।