काठमाण्डौ । शेयर बजार निरन्तर उचाईतिर गएको छ । आज पनि सामान्य बढेर नेप्से परिसुचकले ऐतिहासिक उचाई चुमेको छ ।
आज बजार ०.९४ अंकले बढेर नयाँ उचाइमा पुगेको हो। यो नेप्से परिसूचक ३१६२.५९ को विन्दुमा उक्लिएको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.३८ अंकले घटेर ५८५.७१ को विन्दुमा झरेको छ। कारोबार रकम पनि घटेर आज साढे १५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामात्रै हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। आज जलविद्युत समूह सर्वाधिक ३.९२ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह २.७८ प्रतिशतले बढेको आज निर्जीवन बीमा समूहमा ०.३ प्रतिशत, लघुवित्त समूहमा ०.१४ प्रतिशत र जीवन बीमा समूहमा ०.०६ प्रतिशतको गिरावट आएको छ।
आज व्यापार समूह सर्वाधिक १.२५ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ०.८७ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.६७ प्रतिशत, विकास बैंक समूहमा ०.७६ प्रतिशत, वित्त समूहमा ०.६६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०६ प्रतिशत, अन्य समूहमा ०.५८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.६१ प्रतिशतको गिरावट आएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँबराबरको कारोबार भएको छ।
यो दिन माथिल्लो तामाकोशीको सर्वाधिक ६८ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ।