पद सम्हाल्दै कुलमानले घोषणा गरे, नेपालको उर्जा क्षेत्रलाई नयाँ उचाईमा पुर्याउछु

पद सम्हाल्दै कुलमानले घोषणा गरे, नेपालको उर्जा क्षेत्रलाई नयाँ उचाईमा पुर्याउछु

  • बुधबार, साउन २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले कार्यभार ग्रहण गर्दै काम नगर्नेले अव उन्मुक्ति नपाउने घोषणा गरेका छन् ।
आज रत्नपार्कस्थित विद्युत प्राधिकरण कार्यालयमा पुगेर पदबहाली गर्दै उनले काम लिएर, समयमै नगर्ने परिपाटीबाट कसैलाई उन्मुक्ति नदिइने बताए ।
उनले नेपालको उर्जा क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने पनि बताए ।

संस्थालाई डिजिटलाइजेसन गर्ने, स्मार्ट मिटर देशभर प्रयोग गराउने, शहरी क्षेत्रमा विद्युतीय तारहरु अन्डरग्राउन्डिङ गर्नुपर्ने र त्यसका लागि काम गर्ने घिसिङले बताए ।

बुटवल– गोरखपुर ट्रान्समिसन लाइन निर्माणका लागि मन्त्रिपरिषदबाट स्वीकृति भइ आएकोले त्यो काम तत्काल अघि बढाउने उनले प्रतिबद्धता जनाए ।
निजी क्षेत्रसँग गरिने पिपिईका सम्वन्धमा पनि नयाँ मोडलबाट अघि बढाइने उनले बताए ।

बिजुली उत्पादन मात्रै नभई खपत पनि सँगै बढाउँदै जानुपर्ने भन्दै उनले भारत र बंगलादेशसँग बिजुली निर्यातका लागि पहल गर्नु पर्ने बताए ।
कुलमानको पुनर्नियुक्तिपछि विद्युत क्षेत्रमा उल्लेख्य सुधार हुने र प्राधिकरणको नाफा बढ्ने सर्वसाधारणको समेत अपेक्षा छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ