स्वरोजगार कोषको लगानी ७५ जिल्लामा पुग्यो, बेरोजगार युवालाई रोजगारी दिन कर्जा लगानीमा तीव्रता

स्वरोजगार कोषको लगानी ७५ जिल्लामा पुग्यो, बेरोजगार युवालाई रोजगारी दिन कर्जा लगानीमा तीव्रता

  • बुधबार, साउन २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 30.1K
    SHARES

काठमाडौं, २७ साउन । युवा तथा साना व्यवशायी स्वरोजगार कोषले मुलुकका ७५ जिल्लामा व्यावसायीक कर्जा लगानी गरेको छ । कोषले हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा बेरोजगार यूवालाई स्वरोजगार बनाउने उदेश्यले कर्जा लगानी गरेको हो । कोरोना महामारीका बेला समेत कोषले कर्जा लगानी, अनुगमन लगायतका कामलाई तिब्रता दिएको कोषका उपाध्यक्ष डा. देवराज रोका ‘कल्याण’ले जानकारी दिए ।
कोषले यो बर्ष करिब साढे २ अर्ब लगानी गरेको छ । अहिले व्यावसायीक कर्जा लगानीका लागि आवेदन दिने सहकारी तथा बित्तिय संस्थाको स्थलगत अनुगमन तथा लगानी सम्झौताको कामले तिब्रता पाएको छ । पहिलो किस्ता पाएका सहकारीहरुले दोस्रो किस्ता बापतको रकम प्राप्त गर्ने चरणमा छन् भने गत असार मसान्त सम्म आवेदन दिएका सहकारीहरुको स्थलगत अनुगमन भईरहेको हो ।

कोषले ७५ जिल्लाका करिब २५ सय सहकारी तथा बैंक, फाईनान्ससँग वित्तिय साझेदारी गरेर बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन बिना धितो सहुलियत व्याजदरमा कर्जाा प्रवाह गरिरहेको छ । कर्जा लगानी तथा असुलीका लागि कोषले ७२ जिल्लामा आफ्नै सांगठनिक संरचना निर्माण गरेर सहजकर्ता परिचालन गरेको छ । जसका लागि जिल्लाको सिडियो संयोजक रहनेगरि ५ सदस्यीय समिति बनाएर परिचालन गरिएको छ ।

यसअघि सरकारले पुरानो संरचना भंग गरेर स्थानीय तहका प्रमुखले मातहत रहनेगरी कर्मचारी नियुक्त गरेर कोषका गतिविधि सन्चालन हुनेगरी ल्याएको नयाँ नियमावलीका कारण झण्डै बन्द हुने अवस्थामा पुगेको कोषको मुहार नयाँ उपाध्यक्ष आएसँगै फेरीएको हो । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको यो कोषले परिचालन गरेको कर्जा असुली लगायतका सम्पूर्ण काम गर्न
स्थानीय तहको नगरपालीका र गाउँपालीकाका प्रमुखले ३ सदस्यीय समिति बनाउने उल्लेख थियो । पुरानो संरचना भङ्ग गरेर ल्याईएको नयाँ नियमावली अनुसार बन्ने संरचना प्रभावकारी नहुने भन्दै कोषकै कर्मचारी आन्दोलित भईरहेका बेला जिम्मेवारी सम्हाल्न आईपुगेका उपाध्यक्ष रोकाले नियमावलीका आधारमा कार्यविधि बनाएर नयाँ संरचनाबाट कोषको काम अघि बढाएका हुन् ।

कोषले कर्जा असुली असुली उपसमिति गठन गरेर सहजकर्ता सहित सदस्य समेत जिल्ला – जिल्लामा खटाएको छ । जसको संयोजक स्वयम जिल्लाको सिडियो हुने भएकाले विगतमा जस्तो कर्जा असुलीमा हुने कठिनाईमा समेत कम हुने गरेको उपाध्यक्ष डा. रोका बताउछन् । समितिले वास्तविक लक्षित वर्ग पहिचान, सहकारी तथा वित्तिय संस्थामार्फत हुने लगानीको अनुगमन तथा कर्जा असुली र गाउँ गाउँमा पुगेर स्वरोजगार कोषले गर्ने काम तथा प्रभावकारीताका बारेमा अन्तरक्रिया प्रशिक्षण लगायतका कार्यक्रम पनि सन्चालन गर्ने कार्य पनि गर्ने गरेको छ । ७७ जिल्लामा नै सांगठनिक संरचना बनाउने र बाँकी रहेका मनाङर मुस्ताङमा व्यावसायीक कर्जाा लगानी गर्ने तयारी भईरहेको पनि कोषले जनाएको छ ।
यस पटक कोषको उदाहरणीय काम भनेको कार्यक्रम शाखा महिलाको नेतृत्वमा राखिएको छ । जुन शाखामा सबै महिला कर्मचारी मात्र रहेका छन् । स्वरोजगार कोषको मुख्य काम हेर्ने यो शाखाको नेतृत्व सम्झना वाग्लेले गरेकी छन् ।

सहकारीसँग सम्झौतापछि युवाहरुलाई व्यावसायीक कर्जा प्रवाहबारेमा सहकारीका पदाधिकारी तथा प्रतिनिधिलाई तालिम दिईदै ।

कोषले स्थापानदेखि हाल सम्म दश अर्ब कर्जा प्रवाह गरीसकेको छ । यस अवधिमा ९० हजार युवाहरुलाई स्वरोजगार बनाउन कोष सफल भएको छ ।
कोषले अहिले पनि दोलखा, सिन्धुपालचोक, काठमाण्डौँ र भक्तपुरमा अनुगमनका लागि केन्द्रबाटै टोली परिचालन गरेर वित्तीय साझेदारी संस्था ( सहकारी ) हरुको अनुगमन गरीरहेको बताएको छ ।
वर्तमान कार्यकारी उपाध्यक्ष डा. रोका आउनु अघि सरकारले थाहै नदिई नयाँ नियमावली ल्याएर पुरानो संरचना भत्काउन खोजेको भन्दै कर्मचारी आन्दोलित बनेका थिए । त्यसरी बन्द हुने अवस्थामा पुगेको कोषलाई पुनः त्यसलाई व्यवस्थित गरेर कोषलाई प्रभावकारी ढंगले अगाडी बढाएको पाईएको छ । डा. रोका गत वर्ष भदौ १५ गते कोषको उपाध्यक्षमा नियुक्त भएका थिए ।
अहिले कोषले विभिन्न नारा र कार्यक्रम सहित प्रभावकारी स्वरोजगार अभियान सञ्चालन गरेको कार्यकारी निर्देशक नारायणदत्त देवकोटाले बताए ।
देवकाटाले विना जानकारी नयाँ नियमावली आँउदा कर्मचारी पनि आन्दोलित हुँदा कोषको कुनै काम हुन नसकेको, कर्जा लगानी र असुली हुन नसकेको स्थितिबाट अहिले भने काम प्रभावकारी बनिरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी