कुलमानले लिए प्राधिकरणको नेतृत्व

कुलमानले लिए प्राधिकरणको नेतृत्व

  • बुधबार, साउन २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ साउन २७ । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका छन् । मन्त्रीपरिषद्ले उनलाई सोमबार नियुक्त गरेको थियो ।
घिसिङले आजै नियुक्ति पत्र बुझेका छन् । उनी यस अघि चार वर्षे कार्यकालमा लोडसेडिङ हटाउदै बिद्युत प्राधिकरणलाई नाफामा पुर्याएर चर्चामा आएका कारण उनको नियुक्तिका लागि जनदबाब थियो । उनलाई उर्जा सचिव देवेन्द्र कार्कीले मन्त्रीको कार्यकक्षमा नै नियुक्तिपत्र दिए थिए । उनले दिउँसो २ बजे प्राधिकरणमा पद बहाली गर्ने कार्यक्रम रहेको छ । घिसिङ कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल पूरा गरी गत वर्ष भदौ ३१ मा प्राधिकरणबाट बिदा भएका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरिएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ