लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध परेको अविस्वासको प्रस्तावमा आज छलफल गर्न संसदको बिशेष अधिवेशन बोलाईएको छ । त्यो विशेश अधिवेशन अघि नै सर्वोच्चमा मुद्धा परेकाले त्यसको सुनुवाई पनि भईरहेको छ । सो सुनुवाई पछि आउने आदेश सँगै पदबाट राजीनामा दिने वा अविस्वासको प्रस्तावको सामना गर्ने भन्ने निर्णय गर्ने अधिकार एमाले संसदीय दलले मुख्यमन्त्री पोखरेललाई दिएको छ ।
त्यसो त कतिपय एमाले सांसदले मुख्यमन्त्रीले राजीनामा पनि नदिने र संसदको बिशेष अधिवेन पनि बहिष्कार हुन सक्ने पनि चेतावनी दिएका छन् । मुख्यमन्त्री अल्पमतमा परेको भन्दै बिपक्षी गठबन्धनले प्रदेश सचिवालयमा अविस्वासको प्रस्ताव दर्ता गर्दै बिशेष अधिवेशनको लागि प्रदेश प्रमुख समक्ष समावेदन गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline