नवलपरासीमा मोटरसाईकलले ठक्कर दिँदा प्रहरी इन्सपेक्टर वाग्लेको मृत्यु

नवलपरासीमा मोटरसाईकलले ठक्कर दिँदा प्रहरी इन्सपेक्टर वाग्लेको मृत्यु

  • मङ्लबार, साउन २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

नवलपरासीमा हिजो साँझ मोटरसाईकलले ठक्कर दिएर घाईते भएका प्रहरीका ईन्सपेक्टर कपिल वाग्लेको मृत्यु भएको छ ।
बर्दघाटमा मोटरसाइकलले ठक्कर दिएपछि निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए। सडकमा हिँडिरहेका बेला मोटरसाईकलले उनलाई ठक्कर दिएको थियो । उनी काठमाण्डौँ बसुन्धराका हुन् ।

वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी ८ बजेतिर ठक्कर दिएको नवलपरासी प्रहरीले जनाएको छ।

वाग्लेको उपचारको क्रममा सोमबार राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो। मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गंभीर घाईते रहेकाले उनको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ