स्वास्थ्य सामाग्री खरीदमा भएको भ्रष्टाचारको छानविनका नाममा आफूहरुलाई फसाउन खोजे प्रतिकार गर्ने ओलीको चेतावनी

स्वास्थ्य सामाग्री खरीदमा भएको भ्रष्टाचारको छानविनका नाममा आफूहरुलाई फसाउन खोजे प्रतिकार गर्ने ओलीको चेतावनी

  • सोमवार, साउन २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 27.2K
    SHARES

२५ साउन, काठमाडौं । सरकारले स्वास्थ्य सामाग्री खरीदमा भएको भ्रष्टाचार बारे छानविन गर्ने भनी गरेको निर्णयप्रति एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली झस्किएका छन् । आज पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले
स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति–संस्थामाथि कारबाही गर्ने सत्तारुढ गठबन्धनको प्रतिवद्धता आफूहरुलाई फसाउने योजनाको संज्ञा दिए ।
वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करीकाण्ड कहिले भएको थियो, संलग्न गठबन्धनका नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ कि सक्नु हुन्न ? झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने प्लान हो ? ओलीले टिप्पणी गरे ।
आफूहरुलाई यस्ता मुद्धामा फसाउन खोजिए प्रतिकार गर्ने ओलीले चेतावनी समेत दिदै क्वान्टोनमेन्टमा भएको भ्रष्टाचारको छानविन गर्ने कि नगर्ने भनी प्रश्न समेत गरे ।
यस अघि स्वास्थ्य सामाग्री खरीदमा भ्रष्टाचार भएको भन्दै चौतर्फी बिरोध भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ