जसपाका तीन सांसदलाई पुनर्वहालीका लागि अन्तरीम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार

जसपाका तीन सांसदलाई पुनर्वहालीका लागि अन्तरीम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार

  • सोमवार, साउन २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

दोस्रो पटक पार्टीले सांसदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका लुम्विनी प्रदेशका जसपाका तीन सांसदको पुनर्वहालीका लागि अन्तरीम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । उनीहरु पार्टीको निर्देशन विपरीर शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेको भन्दै पार्टीले कार्बाही गरेको थियो ।
पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि जसपाका लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी हटाएको थियो ।
सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाकै इजलासमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि भदौ ८ गतेलाई बोलाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ