बिधुतको लाइन काटेपछि वीरगंजवासीहरु आक्रोशित

बिधुतको लाइन काटेपछि वीरगंजवासीहरु आक्रोशित

  • आइतवार, साउन २४, २०७८
  • दिपक चौरासीया

  • 12.9K
    SHARES

पर्सा २४ साउन । नेपाल विद्युत प्राधिकरण पर्साले दिन भरीमा १० देखि २० सम्म अप डाउन बिधुतको लाइन काटे पछि बिरगंजवासीहरु आक्रोशित भएका छन् । बिरगंजमा पछिल्लो समय बढ्दै गरेको गर्मीले आजित बनेका बिरगंजवासीहरुले विद्युत प्राधिकरणको प्रवृतिका कारण झनै आक्रोशित बनेका हुन् ।

नेपाल विद्युत प्राधिकरण बिरगंज वितरण केन्द्रले कुनै सूचना र जानकारी बिना नै विद्युत आपुर्ति बन्द गरेको भन्दै सामाजिक सञ्जालमा पनि थुप्रैले आक्रोश पोखेका छन् ।

४० डिग्रि सेल्सियससम्मको तापक्रम हुने वीरगञ्ज तथा मधेशमा अघोषित रुपमा लोडसेडिंग गर्ने र केन्द्रको सम्पर्क नम्बरलाई व्यस्त बनाएर राखेको भन्दै बिरगंजबासिहरु आक्रोश पोखेका छन् । जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगर कार्य समितिले आइतवार केन्द्रको ध्यानाकर्षण समेत गराएको छ ।

समितिका महानगर अध्यक्ष लियाकत अलीद्वारा हस्ताक्षरित ज्ञापन पत्र मार्फत पटक पटक लाईन काट्ने कार्य यथाशीघ्र रोकेर आम नागरिकको दैनीकिलाई सहज बनाउन माग गरिएको छ । साथै मागको बेवास्ता गरि नागरिकको जीवन कष्टकर बनाउने कार्य भएमा थप आन्दोलन र संघर्षका कार्यक्रम सार्वजनिक गर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण वीरगञ्ज केन्द्रका प्रमुख शम्भु कुस्यैत यादवले प्राविधिक समस्याका कारण विद्युत आपुर्ती हुन नसकेको स्विकार गर्दै वैकल्पिक व्यवस्था गरेको हुँदा अब समस्या नहुने बताए । वीरगञ्जमा पावरहाउस सबस्टेशन र छपकैया सबस्टेशन गरी २ वटा सबस्टेशनबाट विद्युत प्रवाह भइरहेकोमा छपकैया सबस्टेशनमा प्राविधिक समस्या देखिएपछि शनिवार मात्रै समस्या आएको प्रमुख यादवको प्रतिक्रिया छ ।

शनिवारदेखि नै गर्मी पनि अत्यधिक बढ्दा सोही दिन समस्या भएपनि अहिले पावरहाउस सबस्टेशनबाटै बैकल्पिक व्यवस्था मिलाएको हुँदा उक्त समस्या नदोहोरिने उनले बताए ।अनियमित तरिकाले भइरहेको विद्युत कटौती नरोकिए आफूहरु आन्दोलनमा उत्रिने समेत युवा नेताहरुले ज्ञापन पत्रमार्फत चेतावनी दिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ