शेयर बजारमा सामान्य बृद्धि

शेयर बजारमा सामान्य बृद्धि

  • आइतवार, साउन २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ । शेयर बजारमा आज सामान्य वृद्धि भएको छ । नेप्से परिसुचक ०.६६ अंकले बढेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ३१०८.१२ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले बढेर ५७८.०९ को उचाइमा पुगेको छ । आज १४ अर्ब बढीको कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली र ७ वटामा रातो पोतिएको छ।
यो दिन जलविद्युत समूह सर्वाधिक ३.३३ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.३२ प्रतिशतले बढेको आज वित्त समूहमा ०.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०२ प्रतिशत र बैंकिङ समूहमा ०.०८ अंकले बढेको छ।

आज निर्जीवन बीमा समूह सर्वाधिक १.३८ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूहमा ०.५६ प्रतिशत र लगानी समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता सेयर कित्ता सेयर १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँ किनबेच भएका छन्।
यो दिन अपी पावरको सर्वाधिक ८१ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यो दिन ६ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, अपी पावर, युनिभर्सल पावर र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा युनियन लाइफ इन्स्योरेन्स र ङादी पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ