बाराका पाँच पसलमाथि वाणिज्य विभागको कार्बाही

बाराका पाँच पसलमाथि वाणिज्य विभागको कार्बाही

  • शुक्रबार, साउन २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

पर्सा २२ साउन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले बाराको जितपुर सिमराका ५ पसललाई कारवाही गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सिमरा र नगर उद्योग वाणिज्य संघ सिमरासहितको टोलीले ५ पसललाई ८० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

खरिद बिल नदेखाउने बाराको सिमरा ३ स्थित विकास जेनरल स्टोर्सलाई २० हजार रुपैयाँ जरिवाना गर्नुका साथै ३ हजार ८ सय ५५ रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ नष्ट गरिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ अनुसार दफा ३९ बमोजिम खरिद बिल नदेखाउने सिमरास्थित आर एन इन्टरप्राईजेजलाई २० हजार र निरीक्षण कार्यमा आवश्यक सहयोग नगर्ने सिमरा ६ स्थित ओम शिवशक्ति जेनरल स्टोर्सलाई पनि २० हजार जरिवाना तिराइएको कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए ।

उनका अनुसार खरिद बिल नदेखाउने जितपुर सिमरा वडा नम्बर १ स्थित भाई किराना स्टोर्सलाई १० हजार र सोही ठाउँको देवदास फेन्सी स्टोर्सलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै देवदास फेन्सी स्टोर्सबाट म्याद नाघेका २२ हजार ६ सय ७० रुपैयाँ बराबरको पेय पदार्थ समेत नष्ट गरिएको छ ।

जरिवानाको रकम एक साताभित्र बैंकमा जम्मा गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ