खसीको भन्दै बाख्रा काटेर मासु बेच्ने ब्यापारी पक्राउ !

खसीको भन्दै बाख्रा काटेर मासु बेच्ने ब्यापारी पक्राउ !

  • शुक्रबार, साउन २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

पर्सा २२ साउन । वडा प्रहरी कार्यालय श्रीपुरले खसीको मासु हो भनी बाख्राको मासु बिक्री गर्ने एक जनालाई वीरगंजबाट पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरले वीरगंज महानगरपालिकाको वडा नं. १३ मुर्लीका २८ बर्षिय रोज अन्सारीलाई पक्राउ गरेको हो ।

वीरगंज महानगरपालिकाको वडा नं.१३ मुर्ली बस्ने अब्दुल अन्सारीले सञ्चालन गरेको मासु पसलमा खसीको मासु भनि बाख्राको मासु बिक्री गर्ने अंसारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी टोलीले उक्त पसलको तलासी लिँदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाई बेचिरहेको फेला परेकोले अंसारीलाई सो मासुसहित नियन्त्रणमा लिई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

साथै उक्त पसल सञ्चालक अब्दुल अन्सारीको खोजतलास भइरहेको प्रवक्ता खनालले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ