नेपालमा आज २४ घण्टामा ३९३८ जना कोरोना संक्रमित थपिएका छन् । १८४०८ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हाल सम्म संक्रमितको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।
यसै गरी २४ घण्टामा संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या १० हजार नजिक पुगेको छ । अहिले सम्म ९ हजार ९९४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यसै गरी आज २०१२ जनाले कोरोना जीतेर डिस्चार्ज भएका छन् । हाल सम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline