शेयर बजारमा दोहोरो अंकको गिरावट, बैकिङ समुहमा बृद्धि  

शेयर बजारमा दोहोरो अंकको गिरावट, बैकिङ समुहमा बृद्धि  

  • बिहिबार, साउन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्सेमा करेक्सन आएको छ । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज १६ अंकको गिरावट आएको नेप्सेले जनाएको छ ।
योसँगै नेप्से परिसूचक ३१०७.४५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.५८ अंकले बढेर ५७८.९४ को विन्दुमा उक्लिएको छ।
आज १४ अर्ब बढीको शेयर किनबेच भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटा समूहमा मात्रै हरियाली छाएको छ भने अन्य ११ समूहमा रातो पोतिएको छ।

यो दिन विकास बैंक समूहमध्ये २.२४ प्रतिशतले उकालो लागेको हो।

आज जलविद्युत समूह सर्वाधिक २.१६ प्रतिशतले ओरालो लागेको छ। यो दिन बैंकिङ समूहमा ०.१२ अंक प्रतिशतको बढोत्तरी भएको छ।

लगानी समूह १.४३ प्रतिशतले घटेको आज वित्त समूहमा ०.८४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.१४ प्रतिशत, जीवन बीमा समूहमा ०।२९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३४ प्रतिशत, लघुवित्त समूहमा ०.५९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३४ प्रतिशत, अन्य समूहमा ०.८१ प्रतिशत र व्यापार समूहमा १.४३ प्रतिशतको गिरावट आएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६४।६९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन माथिल्लो तामाकोशीको सर्वाधिक ६५ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ