साउन २० । बिगत लामो देखि बारा जिल्लाका बिभिन्न गाउँपालिका तथा नगर क्षेत्रबाट गाई, भैसी, बाख्रा तथा रागाँ चोरी गर्ने गिरोह मध्येका सुरेन्द्र अधिकारी सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं ४ स्थित गोठमा बाधि राखेको वडा नं २ बस्ने श्याम सुन्दर अधिकारीको दुई वटा रागाँ चोरी गरी ईमलिप्रति भन्ने स्थानमा लुकाई छिपाई बाँस घारीमा बाधी राखेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले चोरी भएका रागाँ सहित नियन्त्रणमा लिएर निजहरु उपर चोरी मुद्धामा कार्बाही अघि बढाईरहेको छ । अन्य चोरीमा संलग्न व्यक्तिहरुको पनि खोजलास भईरहेको व्यवहोरा बारा जिल्ला सिमरा कार्यालयका प्रमुख नायब उपरीक्षक मनोजित कुवरले जानकारी दिनुभयो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline