काठमाण्डौ । सेयर बजारले आज मंगलबार नयाँ उचाइ चुमेको छ।
धितोपत्र कारोबार हुने साताको तेस्रो दिन सेयर बजार २६.२ अंकले बढेर ऐतिहासिक रेकर्ड बनाएको हो । नेप्से परिसुचक ३१११.९ अंक पुगेको छ ।
यसअघि नेप्से गत साउन १३ गते हालसम्मकै उच्च विन्दु चुमेको थियो। यो दिन नेप्से ३०९४.९५ को विन्दुमा पुगेको थियो।
यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०६ अंकले बढेर ५७७.५२ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम ११ अर्ब रुपैयाँ बढीको भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। यो दिन लघुवित्त समूह सर्वाधिक ३.८५ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह २.४७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.११ प्रतिशत, वित्त समूहमा ०.३९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३२ प्रतिशत, जलविद्युत समूहमा २.०४ प्रतिशत, लगानी समूहमा ०.१८ प्रतिशत, जीवन बीमा समूहमा ०.६६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४१ प्रतिशत र अन्य समूहमा १.१७ प्रतिशतको बढोत्तरी भएको छ।
आज म्युचुअल फन्ड समूह सर्वाधिक ०।६५ प्रतिशतले ओरालो लाग्यो भने विकास बैंक समूहमा ०.०५ प्रतिशतको गिरावट आएको छ।