साउन १९ काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणमा आफ्नो कार्यकालमा प्रशंसा बटुलेका कुलमान घिसिङले पुनरागमन गर्ने देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । यो सँगै घिसिङ पुनः चार वर्षका लागि प्राधिकरणमा जाने देखिएको छ । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।
वर्तमान कार्यकारी हितेन्द्रदेव शाक्यलाई अघिल्लो सरकारले कार्यकारी प्रमुख बनाएको थियो । अहिले उनलाई राजीनामा दिन सरकारले दबाब दिएको बुझिएको छ ।
तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो।