नेपालमा विक्री गर्न ल्याईएको दुई वटा अटोमेटिक पेस्तोल सहित दुई भारतीय नागरिक दाङबाट पक्राउ परेका छन् ।
देउदुरी छेउबाट उनीहरुलाई हतियार सहित नियन्त्रणमा लिईएको दाङ प्रहरीले जनाएको छ ।
भारतको उत्तर प्रदेश सिद्धार्थनगर नगरपञ्चायत बढनी वडा नम्बर ३ का २२ वर्षीय करमुल्लाह आमिर र वडा नम्बर ८ का १९ वर्षीय राजा खान चाइनिज टाइप ५४ –९ एमएमको अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन्। दाङकै एक नेपालीलाई तीन लाखमा बिक्री गर्ने सहमति अनुसार उनीहरुले ल्याएको पाईएको प्रहरीले जनाएको छ ।
‘ उनीहरुले यस अघि पनि नेपालमा हतियार ल्याएर बेच्ने गरेको देखिएको प्रहरीको दाबी छ ।
हतियार किन्न खोज्नेको पहिचान भए पनि फरार रहेकाले प्रहरीले अहिले सम्म नियन्त्रण गर्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline