तामाकोशीबाट ३ सय ४ मेगावाट बिजुली उत्पादन हुन थाल्यो

तामाकोशीबाट ३ सय ४ मेगावाट बिजुली उत्पादन हुन थाल्यो

  • मङ्लबार, साउन १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको चौथो युनिटबाट समेत विद्युत् उत्पादन सुरु गरिएको छ । यो सँगै आयोजनाबाट कुल ३०४ मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाईनमा आएको छ ।

आयोजनाले सबै चरणको आन्तरिक परीक्षण पूरा गरी चौथो युनिट प्रसारण लाइनमा जोडेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । अब बाँकी दुई वटा युनिटबाट पनि करीब एक महिना भित्र उत्पादन शुरु हुन सक्ने अनुमान आयोजनाको छ । लगभग भदौ सम्ममा सबै युनिटबाट गरी ४५६ मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाईनमा आउनेछ । तामाकोशी नेपालले स्वदेशी लगानीमा बनाएको सबै भन्दा ठूलो विद्युत आयोजना हो ।
आयोजनाको पहिलो युनिटबाट गत २१ असारमा ६६ मेगावाट बिजुली उत्पादन शुरु भएको थियो ।
आयोजनाले उत्पादन गरेको विद्युत् गोंगरस्थित विद्युत्गृहदेखि ४७ किलोमिटर लामो २ सय २० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यु खिम्ती सबस्टेसन पु¥याइएको छ ।

आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ । बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको छ । निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माण सम्पन्न हुँदा भने करिव ९० अर्ब रुपैयाँ लागत पुग्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ