कामु प्रधानसेनापतिमा शर्मा नियुक्त

कामु प्रधानसेनापतिमा शर्मा नियुक्त

  • आइतवार, साउन १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ साउन १७ । कामु प्रधानसेनापतिमा रथी प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कायम मुकायम प्रधानसेनापतिमा रथी प्रभुराम शर्मालाई नियुक्त गरेकी हुन् ।

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको ३ वर्षे पदावधि भदौ २४ गतेबाट सकिँदैछ । प्रधानसेनापति थापा अनिवार्य अवकाशमा जाने भएकाले राष्ट्रपतिले शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

प्रधानसेनापति थापा साउन २५ देखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताका क्रममा रथी प्रभुराम शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १२ गतेको निर्णयबाट सिफारिस भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ