साउन १७ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पठाउन निर्देशन दिएका छन् ।
पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिइयो अनिल पाखेरलेलाई गृहमन्त्री खाँडले निर्देशन दिएका हुन् । मौसमले साथ दिए आज नै भ्रेमाथाङ जाने तयारी छ ।
हेलम्बु गाउँपालिकाको भ्रेमाथाङ आसपास हिजो दिउँसोबाटै निरन्तर पानी परेकाले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको हो ।
असार १ गते आएको बाढी निरन्तरको वर्षाले भेम्राथाङको २५ प्रतिशत चउर बगेर आएको विज्ञले बताएका थिए । अहिले पनि त्यहाँ निरन्तर वर्षा भइरहेकाले बाँकी भाग बगाएर आएको हुनसक्ने अनुमान गरिएको छ ।
डेढ महिनाको अन्तरमा मेलम्चीमा दुई पटक भीषण बाढी आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline