सुनको औँठी र सिक्री लुट्नका लागि साथीकै हत्या, ३ जना पक्राउ एक फरार !

सुनको औँठी र सिक्री लुट्नका लागि साथीकै हत्या, ३ जना पक्राउ एक फरार !

  • शनिबार, साउन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

पर्सा १६ साउन । काठमाडौंबाट बिरगंज लाइसेन्स बनाउन आएका एक युवकको हत्या भएको थियो । सोहि हत्या र लुटपाटमा संलग्नमा रहेका आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्ज ७ रामटोलका २५ वर्षीय राहुल महर्जन र २७ वर्षीय दीप लामा तथा बाराको फेटा ३ का २७ वर्षीय धनन्जय रजकलाई पक्राउ गरेको हो।

लाइसेन्स बनाउन सुजन गत बुधबार वीरगन्ज आएका थिए। बिहीबार बिहान वीरगन्ज ७ रामटोल स्थित सडकमा उनी घाइते र अचेत अवस्थामा फेला परेका थिए। उपचारका लागि नारायणी अस्पतालमा पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

सोह हत्यामा संलग्न भारत मोतीहारीका ३० वर्षीय रवि सर्राफ भने फरार रहेको प्रहरीले जनाएको छ। सर्लाही लालबन्दी नगरपालिका १ घर भइ हाल काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार सुजनले लगाएको सुनको औंठी र सिक्री लुट्नका लागि उनकै साथीहरुले हत्या गरेका हुन्। वीरगन्ज आइपुगेर बुधबार राति सुजनले दीप लामाको कुम्हाल टोल स्थित घरमा साथीहरूसँग बसेर अबेर रातिसम्म बियर खाएका थिए।

बियर सकिएपछि थप किन्न जाने बहानमा बा २ ज ५७८५ नम्बरको कारमा सुजनलाई लिएर उनका साथीहरुले रामटोलकै एकान्त स्थानमा लगेर घाँटी थिचेर हत्या गरी सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार रुपैयाँ लुटेर फरार भएका थिए। हत्यामा संलग्न मध्येका ३ जनालाई शुक्रबार पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

फरार रहेका भारतीय नागरिक रविको पनि खोजी भइरहेको खनालले बताए। पक्राउ परेका तीन जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ