प्रचण्ड दिनहुँ बालुवाटारमा तर अझै मन्त्रीपरिषद् विस्तारमा किन ढिलाई ?

प्रचण्ड दिनहुँ बालुवाटारमा तर अझै मन्त्रीपरिषद् विस्तारमा किन ढिलाई ?

  • शनिबार, साउन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

प्रमुख सत्तारुढ गठबन्धनको एक घटक माओवादी अध्यक्ष प्रचण्ड दिनहुँ जसो प्रधानमन्त्री भेट्न बालुवाटार पुगिरहेका छन् । आज शनिबार पनि प्रचण्ड वालुवाटार पुगे । मुख्य गरी साउन २९ मा देउवा प्रधानमन्त्री भएको तीन साता पुग्न लाग्दा पनि मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।
सरकारलाई पूर्णता दिन र न्युनतम साझा कार्यँक्रम ल्याउन देउवा र प्रचण्डबीच एवं गठबन्धनका बीच पनि छलफल चलिरहेको छ ।
यसका बीच पनि सरकार विस्तारमा किन ढिलाई भईरहेको छ ? प्रश्न उठ्न थालेको छ ।
मुख्यगरी गठबन्धनमा सँगै रहेको माधव समुह सरकारमा आउला कि भनेर पर्खिएर बसेको उच्च स्रोतको दाबी छ । माधव नेपालले अहिले सरकारमा नजाने भन्दै पार्टी एकताबारे पर्ख र हेरको स्थितिमा रहेका कारण पनि देउवा र प्रचण्डले अलमल गरेको देखिएको छ ।
गठबन्धन भित्र काँग्रेसले ८, माओवादी र जसपाले सात सात मन्त्रालय पाउने मोटामोटी सहमति छ । तर माधव नेपाल पनि सरकारमा आउने स्थितिमा त्यो संख्या केही कम हुने देखिन्छ । माधव नेपालले कम्तीमा ६ वटा मन्त्रालय पाउने बताईएको छ ।
जुनसुकै कारणले भए पनि मन्त्रीमण्डलले पूर्णता नपाउदा सरकारको काम प्रभावित हुने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ