दार्चुलामा भारतीय सेनाले तुईन काटेर नेपाली नागरिक वेपत्ता भएको घटना गंभीर भएको भन्दै वास्तविकता बाहिर ल्याउन काँग्रेसको माग

दार्चुलामा भारतीय सेनाले तुईन काटेर नेपाली नागरिक वेपत्ता भएको घटना गंभीर भएको भन्दै वास्तविकता बाहिर ल्याउन काँग्रेसको माग

  • शुक्रबार, साउन १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसले दार्चुलामा महाकाली नदी तर्ने क्रममा नेपाली नागरिकले तुईन चढिरहेका बेला एसएसबीले तुईनै काटेर नेपाली नागरिक नदीमा खसेर वेपत्ता भएको विषय आएको भन्दै यसको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन माग गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिलाउन माग गरेका हुन् ।
दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउंदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछु । शर्माले भनेका छन् ।
भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको शर्माले बताए । नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ ।’विज्ञप्तिमा भनिएको छ ।
आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्न समेत कांग्रेसले माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ