१५ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका एक थुनुवाले आत्महत्या गरेका छन् ।
थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यस मुद्धामा अदालतले उनलाई दुई लाख धरौटी माग गरेको थियो । त्यही धरौटी तिर्ने रकम नभएका कारण उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
रविदासको परिवारजनले आत्महत्या नभई हत्या हुन सक्ने भन्दै घटनाको छानबिन गर्नु पर्ने माग गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline