पटक पटक उखुको मुल्य माग गर्दैै आन्दोलित किशानले भदौ ५ गते सम्म भुक्तानी नपाए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । उखु किशानहरु पुनः काठमाण्डौं आएर यस्तो चेतावनी दिएका हुन् ।
उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति पालना नभएको भन्दै अल्टिमेटम दिएका हुन् ।
उखु किसान संघर्ष समिति एवं नेपाल सरकार उद्योग मन्त्रालयवीच २०७७ साल पौष १३ गते पाँचबुँदे सहमति दोस्रो पटक भएको थियो । सहमति अनुसार २१ दिनभित्र उखु किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउन जिम्मेवारी लिएको थियो । तर पनि किशानले पुरा रकम पाउन सकेनन् ।
अहिले आएर २०७८ असार १७ गते धनकौल सर्लाहीस्थित अन्नपूर्ण चिनी उद्योग बिक्री भएको सूचना प्रकाशित भएको थियो । २१ दिनभित्र मिलमा शोभालाल साह भन्ने व्यक्तिसँग सम्पर्क गरी किसानहरुले रकम दावी गर्नुपर्ने भनिएको थियो, सो अवधिमा रकम दाबी गर्न नसके किसानहरुले रकम पाउने छैन भनी उल्लेख गरिएको छ । तर त्यो व्यक्ति मोबाइल नम्बर सूचता प्रकाशित मितिदेखि एक हप्तासम्म बन्द रहेको संघर्ष समितिले जनाएको छ ।
चिनी मिल धनकोल सर्लाहीमा सम्पर्क गर्दा किसानहरुलाई उनले नभेटको समितिले जनाएको छ ।