काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष विश्व पौडेललाई सिंहदरवारमा पद तथा गोपनियताको सपथ गराएका हुन् ।
त्यसपछि आजै आयोगका सदस्यले उपाध्यक्ष पौडेलबाट शपथ लिएका हुन् । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बु नियुक्त भएका थिए । आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline