बागमती प्रदेश सरकारले एसियाकै पहिलो सुरुङको रुपमा रहेको मकवानपुरको चुरियामाई सुरुङमार्गको पुनर्निर्माणको शिलन्यास भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर प्रागंणमा एक कार्यक्रमका बीच सुरुङ मार्गको पुनःनिर्माणको शिलन्यास गरे ।
सुरुङमार्ग पुनःनिर्माणको लागि ४ करोड ५७ लाख २० हजार ७ सय ७ रकमको लागत अनुमान गरिएको छ । आगामी २०७९ साल वैशाख १९ गतेसम्म १ सय ९८ मिटर लम्बाइको सुरुङमार्ग पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ ।
सुरुङको चौडाइ साढे २ मिटर र उचाई ३ फिट बढ्ने गरी पहिलेकै स्वरुपमा पुनःनिर्माण गरिने प्रदेश सरकारले जनाएको छ ।
राणाकालीन समयमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९१७ सालमा भीमफेदी–अमलेखगञ्ज यातायातका साधन संचालन गरी काठमाडौं गाडीहरु पुर्याउनका लागि सो सुरुङ मार्ग निर्माण गरेका थिए ।