चोरी डकैतीमा सङ्लग्न रहेको आरोपमा हातहतियारसहित छ जना पक्राउ

चोरी डकैतीमा सङ्लग्न रहेको आरोपमा हातहतियारसहित छ जना पक्राउ

  • बुधबार, साउन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

मोरङको सुन्दरहरैंचा–१० त्रिवेणी चोकस्थित खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हातहतियार देखाइ चोरी डकैतीको प्रयास गरेको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । यही साउन १ गते एसएमजीलगायत हातहतियार देखाएर सात जनाको समूहले उक्त ज्वेलर्स लुटपाटको प्रयास गरे पनि असफल भएर फरार भएकामध्ये छ जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सङ्खुवासभाको सभापोखरी–४ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–२० बस्ने ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भन्ने प्रमोद चौधरी, सङ्खुवासभा सभापोखरी गाउँपालिका–६ बाह्रबिसे घर भई हाल इटहरी–२० बस्ने ३० वर्षीय चिरञ्जीवी राई, मोरङको सुन्दरहरैंचा नगरपालिका–५ का २२ वर्षीय मिशन राई,
भोजपुरको पौवादुम्मा गाउँपालिका–३ घर भई इटहरी–२० मा डेरा गरी बस्ने ३० वर्षीय नगेन्द्र राई र मोरङको सुन्दरहरैंचा–७ का ३१ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसी जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये चन्द्रबहादुर र प्रमोद उक्त घटनाको मुख्य योजनाकारका रुपमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको उहाँको भनाइ छ ।

प्रहरीले रुखको टोड्का लुकाएका हतियार एमएमजी, त्यसको म्याग्जिन एक थान र गोली ६२ राउण्ड, अटोमेटिक पेस्तोल एक थान र त्यसको गोली दुई राउण्ड, कटुवा पेस्तोल एक थान, त्यसमा समेत लाग्ने थ्रीनटथ्री राइफलको गोली चार राउण्ड र दुईथान सञ्चार सेट बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । यस्तै प्रहरीले लुटपाटमा प्रयोग गरिएको छ थान मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध चोरी डकैती र हातहतियार तथा खरखजना महलअन्तर्गत कानूनी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ