शेयर बजारमा लगातार बृद्धिः नेप्से ३१ सय बिन्दु नजिक

शेयर बजारमा लगातार बृद्धिः नेप्से ३१ सय बिन्दु नजिक

  • बुधबार, साउन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

साउन १३, काठमाडौं । नेपालको शेयर बजार निरन्तर उकालो लाग्ने क्रम जारी छ । आज शेयर बजार ३ हजार ९४ दशमलव ९४ विन्दुमा पुगेर बन्द भएको छ ।
आज १५ दशमलव ३० अंकले बढेको हो । अघिल्लो कारोबार दिन मंगलवार नेप्से परिसूचक २९ दशमलव २४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ विन्दुमा बन्द भएको थियो । बुधवार सेन्सेटिभ इन्डेक्स भने स्थिर रहेको छ ।

यस दिन नेप्से परिसूचक बढेपनि अघिल्लो कारोबार दिनको भन्दा कारोबार रकम भने घटेको छ । मंगलवार रू. १५ अर्ब १७ करोड ६ लाख ५१ हजार बराबरको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर कारोबार भएकोमा बुधवार रू। १३ अर्ब २९ करोड १९ लाख ५४ हजार बराबरको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर कारोबार भएको छ ।

बुधवार सर्वाधिक रकमको कारोबार युनाइटेड मोदी हाइड्रोपावरको भएको छ । उक्त कम्पनीको रू. ३८ करोड ६१ लाख ४७ हजार बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू। ६ दशमलव ४० ले बढेर अन्तिम मूल्य रू। ४८६ पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ