लुम्विनी प्रदेशमा एमालेको सरकार ढल्ने संभावना बढ्योः प्रदेश प्रमुख हेरफेर र जसपाका तीन सांसद निलम्वनपछि बढ्यो तरंग

लुम्विनी प्रदेशमा एमालेको सरकार ढल्ने संभावना बढ्योः प्रदेश प्रमुख हेरफेर र जसपाका तीन सांसद निलम्वनपछि बढ्यो तरंग

  • मङ्लबार, साउन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

लुम्विनी प्रदेश प्रमुख आजै फेरीएका बेला जसपाले पनि प्रदेश सरकारमा सहभागी तनि सांसदलाई निलम्वन गरेको छ । यसले शंकर पोखरेल मुख्य मन्त्री रहेको एमाले सरकार ढल्ने संभावना बढेको छ । प्रदेश प्रमुखमा माओवादीका तर्फबाट अमिक शेरचन नियुक्त भएका छन् ।
यसै गरी उपेन्द्र यादवले जसपाको आधिकारीकता पाएसँगै आजै पोखरेल नेतृत्वको सरकारमा सहभागी तीन सांसदलाई निलम्वन गरेको छ । यसपछि मुख्यमन्त्री पोखरेल स्वतः अल्पमतमा परेका छन् ।
यस अघि पनि लुम्विनी प्रदेश सरकार फेर्ने कसरत भएको थियो । जसपाले निष्कासनको निर्णय गरेका सांसदहरुमा विजयबहादुर, यादव कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डे रहेका छन्। उनीहरुलाई निस्कासित गरेसँगै प्रदेश सांसद पद रिक्त राखिदिनका लागि जसपाले त्यहाँका प्रदेश सभामुखलाई पत्र लेख्ने निर्णय पनि लिएको छ।

जसपाको निर्णयानुसार उनीहरुको सांसद पद रिक्त भएमा अबको ६ महिना मात्रै मन्त्रीका रुपमा रहन सक्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ