गण्डकी र लुम्विनी प्रदेश प्रमुख फेरीए, अमिक शेरचन र गुरुङ नियुक्तिको सिफारीस

गण्डकी र लुम्विनी प्रदेश प्रमुख फेरीए, अमिक शेरचन र गुरुङ नियुक्तिको सिफारीस

  • मङ्लबार, साउन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

देउवा सरकारले ओली सरकारले नियुक्त गरेका दुई प्रदेश प्रमुख फेरबदल गरेको छ । ओली सरकारले प्रदेश प्रमुख बनाएका गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथप्रसाद यादवलाई हटाएर ओली सरकारले हटाएका अमिक शेरचन र पृथ्वी बहादुर गुरुङलाई नियुक्त गरेको छ ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा पृथ्वीबहादुर गुरूङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को सिफारीस अनुसार अब राष्ट्रपतिले नयाँ प्रदेश प्रमुख नियुक्त गर्नेछिन् ।

लुम्बिनीका प्रदेश प्रमुख बनेका शेरचन यसअघि गण्डकीका प्रदेश प्रमुख थिए। नेकपा विघटन भएपछि ओली सरकारले उनलाई हटाएर पौडेललाई गण्डकीकी प्रदेश प्रमुख बनाएको थियो।

नयाँ प्रदेश प्रमुख बनाउँदा सत्तारूढ नेपाली कांग्रेस र माओवादी केन्द्रले एक–एक भागबन्डा गरेका हुन्। शेरचन माओवादी केन्द्रको कोटामा प्रदेश प्रमुख बनेका हुन्। गण्डकीका प्रदेश प्रमुख बनेका गुरुङ चितवन कांग्रेसका पूर्वसभापति हुन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ