शेयर बजार पुनः उकालो, १५ अर्बबढीको कारोबार

शेयर बजार पुनः उकालो, १५ अर्बबढीको कारोबार

  • मङ्लबार, साउन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

हिजो ओरालो लागेको नेप्से आज फेरी दोहोरो अंकको बृद्धिसहित नयाँ उचाईमा पुगेको छ । आज नेप्से परिसूचक ३ हजार ७९ अंकमा पुगेको छ । यो हाल सम्मकै उच्च बिन्दु हो ।
आइतबार परिसूचकले ३ हजार ५८ अंकको रेकर्ड बनाएको थियो। सोमबार ८ अंकले घटेको बजार आज २९‍.२ अंकले बढेको हो।

आज १५ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो हिजोको भन्दा एक अर्बले बढी हो ।
समूहगत रुपमा हेर्दा बैंकिङ ३, ब्यापार २, होटल तथा पर्यटन र माइक्रोफाइनान्स समूह ११६ अंकले घटेका छन्।

विकास बैंक ३५, जलविद्युत ११९, फाइनान्स ७१, निर्जीवन बीमा १२०, उत्पादन ३०५, जीवन बीमा २६० र अन्य समूह ६० अंकले बढे।

१० कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। यस दिन नेपाल हाइड्रो डेभलपर्स, युनाइटेड मोदी हाइड्रोपावर, जोशी हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, हिमालय उर्जा विकास, युनिभर्सल पावर, जानाकी फाइनान्स र युनाइटेड इदी मर्दी आरबीको मूल्य १० प्रतिशतले बढेको छ।

सिनर्जी पावर, रिलायन्स फाइनान्स र आँखु खोला जलविद्युतको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। ग्रीन लाइफ, अपि पावर, हिमालय डिस्टिलरीको मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी