संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणी गरेको मुद्धामा पूर्व सभामुख कृष्ण बहादुर महराले सफाई पाएका छन् ।
आज उच्च अदालत पाटनले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको हो ।
न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले सफाई दिने आदेश गरेको हो ।
उच्च अदालतमा महराविरुद्ध २०७७ पुस १७ मा रिट दायर गरेको थियो । जिल्ला अदालत काठमाडौको फैसलामा चित्त नबुझेको भन्दै उच्च अदालतमा जिल्ला सरकारी वकिलको कार्यलयले पुनरावेदन गरेको थियो ।
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोपपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिएका थिए भने उनलाई निवासबाटै प्रहरीले असोज १९ गते पक्राउ गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline