असोज १५ देखि कोरोनाको तेस्रो लहर आउने चेतावनीः यस्तो छ नियन्त्रणको सरकारी तयारी

असोज १५ देखि कोरोनाको तेस्रो लहर आउने चेतावनीः यस्तो छ नियन्त्रणको सरकारी तयारी

  • मङ्लबार, साउन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

अहिले कोरोना महामारीको दोस्रो लहर चलिरहेका बेला पुनः तेस्रो लहरको चेतावनी सरकारले जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले असोज १५ पछि तेस्रो लहर आउने चेतावनी दिएको छ ।
तेस्रो लहरले बालबालिकाहरु बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ । पहिलो र दोस्रो लहरको नियन्त्रण प्रभावकारी नभएको, अक्सिजनको अभावले थुप्रै मानिसको ज्यान गएको र समयमा खोप ल्याउन नसकेको अनुभवका कारण अब भने सरकारले तयारीलाई तीव्रता दिएको छ ।
पहिलो सरकारले ठूलो मात्रामा निरन्तर खोप ल्याउने क्रम जारी राखेको छ । असोज भित्रै नेपालमा एक करोड खोप भित्र्याउने सरकारको लक्ष्य छ । यो मात्रा आगामी चैत्र सम्ममा ३ करोड २० लाख पुर्याईनेछ ।
त्यसै गरी अबको खोप बालबालिकालाई पनि लगाउन मिल्ने गरी ल्याउने तयारी छ ।
यसै गरी सातै प्रदेशमा अक्सिजनको पर्याप्त व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
दोस्रो लहर सम्म आईपुग्दा नेपालमा ६ लाख ८० हजार संक्रमितको संख्या पुगिसकेको छ भने ६ लाख ४३ हजाार बढी निको भएका छन् भने ९७१३ जनाको ज्यान गईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ