काठमाडौं, साउन ११ । निरन्तर उकालो लाग्दै आएको शेयर बजार आज पुनः ओरालो लागेको छ । यसलाई लगानीकर्ताले सामान्य करेक्सनको रुपमा लिएका छन् ।
उतार चढावकबीच बजार परिसूचक नेप्से ८ अंकले ऋणात्मक रहेर ३ हजार ५० कायम भएर थामियो । आइतबार ३ हजार ५८ को उचाइ कायम भएको थियो ।
कारोबार भने आज पनि १४ अर्ब बढीको नै भयो । वाणिज्य बैक समूहमा ४३ अंकको उच्च गिरावट आएको छ ।
जलविद्युत समुह सबैभन्दा उच्च अंकले बढ्यो । जीवन बिमा समूह ६८ अंक र वित्त समूह पनि ६५ अंकले उकालो लागेका छन् ।
आज नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको ३ करोड ७ लाख बढी कित्ता शेयर १४ अर्ब १३ करोड बराबरमा करोवार भएको एक्सचेञ्जले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline