देउवामाथि आलोचना शुरुः पोखरामा दोबाटेको नाम काटियो, यता व्यापारीलाई सुटुक्क राज्यमन्त्री बनाईयो

देउवामाथि आलोचना शुरुः पोखरामा दोबाटेको नाम काटियो, यता व्यापारीलाई सुटुक्क राज्यमन्त्री बनाईयो

  • सोमवार, साउन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 20.3K
    SHARES

असार २९ गते सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्रीमा नियुक्त भएका काँग्रेस सभापति शेर बहादुर देउवामाथि पार्टी भित्रैबाट असन्तुष्टी र आलोचना शुरु भएको छ । प्रधानमन्त्री भएको १५ दिन पनि वित्न नपाउदै देउवामाथि आलोचना हुनु दुखदः छ ।
खास गरी गण्डकी प्रदेशमा दोबाटे विश्वकर्माको नाम मन्त्रीको सूचीबाट अन्तिममा कटाएर जग्गा व्यापारी विन्दु कुमार थापालाई मन्त्री बनाईयो । यसमा सभापति देउवाको दबाबले काम गरेको भन्दै काँग्रेस नेताहरु असन्तुष्ट छन् ।
त्यसै गरी यता गठबन्धका सबै दल र समुहभित्र सरकारमा सहभागीता र मन्त्रीमण्डल छान्न सकस परिरहेका बेला सुटुक्क राज्यमन्त्रीमा आफू निकट व्यवशायी उमेश श्रेष्ठलाई नियुक्ति दिएपछि पनि असन्तुष्टी पोखिएको छ ।
लिटिल एन्जेल्स स्कुलका मालिक श्रेष्ठ अन्य शैक्षिक संस्था र अस्पताल समेत सञ्चालन गर्दै आएका छन् । उनले देउवालाई निर्वाचनमा र विभिन्न समयमा आर्थिक सहयोग दिने गरेको काँग्रेसी जनकै आरोप छ । त्यही गुण तिर्न देउवाले मन्त्री नै नबनेको स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरिदिएका हुन् ।
अहिले देउवाले मनोमानी गरेको भन्दै पार्टी भित्रै असन्तुष्टी पोख्ने क्रम शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ