केन्द्रीय सुरक्षा समितिद्धारा कोरोनाको तेस्रो लहर नियन्त्रण लगायतका चार बुदे निर्णय

केन्द्रीय सुरक्षा समितिद्धारा कोरोनाको तेस्रो लहर नियन्त्रण लगायतका चार बुदे निर्णय

  • आइतवार, साउन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

आइतबार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले ४ बुँदे निर्णय गरेको छ ।
केन्द्रीय सुरक्षा समितिको बैठकले कोभिड तेस्रो लहर बढ्ने सम्भावना उच्च र यसलाई रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको हो । त्यस्तै जनताको स्वास्थ सम्बन्धि स्वास्थ सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारीलाई नियत्रण गर्ने निर्णयसमेत गरेको छ । बैठकले बाडीपहिरो र डुबानमा परेका समुदायहरुलाई राहत,उद्दार र नियत्रण स्वास्थ तथा खाद्य सामग्री सहजी कारण गर्न हेली व्याथापन गर्नेसमेत निर्णय गरेको हो । पछिल्लो समय साइबर क्राइमका घटना बढिरहेकाले त्यसलाई मध्यनजर गर्दै नियन्त्रण तथा व्यवस्थापन गर्नेसमेत केन्द्रीय सुरक्षा समितिको बैठकको निर्णय छ । समितिले गरेको निर्णयमा ुसाइबर क्राइम बढेको र व्यवस्थापन एवं नियत्रण गर्नेु उल्लेख छ ।

उक्त बैठकमा गृहसचिव महेश्वर न्यौपाने ,नेपाली सेनाका रथी प्रभुराम शर्मा ,प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री ,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ,राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख गणेश प्रसाद अधिकारी,रक्षा मन्त्रालयका कामु सचिव आलोकचन्द्र श्रेष्ठ ,गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेललगायत उपस्थित रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी