अपर तामाकोशीको तेस्रो युनिटबाट पनि विजुली उत्पादन शुरु

अपर तामाकोशीको तेस्रो युनिटबाट पनि विजुली उत्पादन शुरु

  • आइतवार, साउन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्यृृत आयोजनाको तेस्रो युनिटबाट पनि विजुली उत्पादन शुरु भएको छ ।

असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट तेस्रो युनिट सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छ वटा टर्वाइन जोडिएका छन् ।

पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल भएपछि तेस्रो युनिट पनि सञ्चालनमा ल्याइएको जलविद्युत् आयोजनाले जनाएको छ ।

यससँगै ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ ।

साउनभित्रै चौथो युनिट पनि सञ्चालन गर्ने र भदौभरमा बाँकी दुई युनिट पनि सञ्चालन गरी अयोजना पूर्ण क्षमतामा चलाउने आयोजनाले जनाएको छ ।

सबै परीक्षण सकेर पहिलो चार युनिटबाट यसै महिना ३ सय ४ मेगावाट विद्युतको व्यावसायिक उत्पादन हुने आयोजनाले जनाएको छ ।

बाँकी दुईसमेत गरी सबै युनिटबाट व्यावसायिक उत्पादन गर्न अर्को एक महिना लाग्नेछ । लगभग असोजदेखि तामाकोशीले ४५६ मेगावाट बिजुली उत्पादन शुरु गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ