दाजु नाता पर्नेसँग बिबाह गर्न नपाएपछि सुजिताले आत्महत्या गरेको खुलासा

दाजु नाता पर्नेसँग बिबाह गर्न नपाएपछि सुजिताले आत्महत्या गरेको खुलासा

  • शुक्रबार, साउन ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 19.7K
    SHARES

चितवन साउन ८ । चितवन राप्ती नगरपालिका–३ की सुजिता भण्डारीले आफ्नै दाजु नाता पर्ने प्रेमीसँग विवाह गर्न नपाएकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीले आज पत्रकार सम्मेलन गर्दै दाइ नाता पर्ने सचिन भन्ने २३ वर्षीय सुकदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन मुद्धामा नियन्त्रणमा लिएको जनाएको छ । परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएपछि भण्डारीलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

सुजिताले सुकदेवलाई विवाह गर्न दबाब दिएको समेत अनुसन्धानबाट खुलेको छ । विवाह नगरे आत्महत्या गरिदिन्छु भन्दै सुजिताले पटक पटक दबाब दिएको प्रहरीको भनाई छ । सुजिता र सुकदेवका बुवा दाजुभाइ हुन् ।
उनीहरुले पहिले देखि नै परिवारले सचेत गराउदै आएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ