काठमाडौं, साउन ८ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको लामो दुरीको यातायात सञ्चालन गर्न दिने काठमाण्डौं जिल्ला प्रशासन कार्यलयले निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउदै लामो दुरीको यातायात प्रवेश गर्न दिने र जान दिने निर्णय गरेको हो ।
शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।
काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले शनिबारदेखि लागू हुने गरी लामो तथा मध्यम दूरीका यातायात खुलाउन आदेश जारी भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline