सचिव हरिप्रसाद बस्यालको बिदाई

सचिव हरिप्रसाद बस्यालको बिदाई

  • बिहिबार, साउन ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, ७ साउन  । निजामती सेवामा ३७ वर्ष अनवरत सेवा गरी सेवानिवृत्त हुनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई आज सो मन्त्रालयमा आयोजित समारोहमा बिदाई गरिएको छ ।

विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा सेवा गर्दै एक वर्षदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव रहनुभएका उहाँले निजामती सेवा ऐनको प्रावधानअनुसार ५८ वर्ष पूरा गरी आजदेखि अनिवार्य अवकाश लिनुभएको हो ।

सो अवसरमा सचिव बस्यालले निरन्तर अभ्यास, समयको सदुपयोग र इमान्दारिताले नै आफूलाई निजामती सेवामा दर्ता चलानीदेखि सचिवसम्मको जिम्मेवारी कुशलतापूर्वक पूरा गराउन सफलता मिलेको बताउनुभयो ।

उहाँले मन्त्रालयमा रहँदा सूचना प्रविधिलाई व्यवस्थित गरी सरकारी सेवालाई चुस्त बनाउन, विज्ञापनमा क्लिनफिड लागू गराउन, इन्टरनेट ब्रोड ब्याण्डको विस्तार, डिजिटल नेपालको कार्यान्वयन तथा नागरिक एप सञ्चालनलगायत विभिन्न काम गर्न सकेकामा खुशी व्यक्त गर्नुभयो ।

निवृत्त सचिव बस्याले सबै स्थानीय तहका सेवा मोबाइल एपबाटै प्रवाह गरी सुखी र समृद्ध एवं आधुनिक नेपाल निर्माण गर्ने, पत्रकारको पहिचानलाई व्यवस्थित गराउनेलगायत कार्यलाई अन्तिम चरणमा पु¥याउन सफल भएको उल्लेख गर्नुभयो ।

समारोहमा मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले निजामती सेवामा रहँदा सचिव बस्यालले आर्थिक, प्रशासनिक तथा कूटनीतिक क्षेत्रमा लामो समयसम्म कुशलतापूर्वक निर्वाह गर्नुभएको योगदान महत्वपूर्ण रहेको बताउँदै उहाँको कार्यकालमा थालनी गरिएका कार्यहरूलाई पूरा गरिने छ भन्नुभयो । कार्यक्रममा मन्त्रालय र मातहतका कार्यालय प्रमुखहरूले सचिव बस्याललाई मायाको चिनो प्रदान गर्दै बिदाई गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ