भरतपुरस्थित सिमडाँडा खेतको नहरमा एक युवाको शव भेटियो, गोली हानी हत्या गरेको आशंका

भरतपुरस्थित सिमडाँडा खेतको नहरमा एक युवाको शव भेटियो, गोली हानी हत्या गरेको आशंका

  • बिहिबार, साउन ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

चितवन, ७ साउन । भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै गोलीको एउटा खोका पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।

बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उहाँले मृत पुरुषको सनाखत भई नसकेको बताउनुभयो । सो क्षेत्रमा प्रहरीले शव निकालेर घटनाको अध्ययन थालेको बताइएको छ ।

पैदलयात्रीले बाटोमा रगत देखेपछि घोलमा हेर्दा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

हत्या गरेर घोलमा शव फालिएको हुनसक्ने प्रहरीको आशंका छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले पनि टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थला एक थान गोलीको खोका समेत भेटिएको बताउनुभयो । घटनाको थप अनुसन्धान जारी रहेको थापाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ